प्रेम एक आभाष : एकालाप

by Zaki Ghassan
0 comments
प्रेम एक आभाष : एकालाप


 एकालाप

म जन्मेको समाजले मलाई सधैं एउटा परिभाषामा बाँध्न खोज्यो।

मेरो नाम, मेरो धर्म, मेरो जात, मेरो पहिचान—यी सबै उसैले तय गर्‍यो।

मेरो स्वतन्त्रता भने केवल भ्रम थियो।

समाजले भनेको बाटोमा हिँड्न नसके,

मैले आफूलाई पराजित महसुस गर्नुपर्ने थियो।

तर के यो पराजय थियो?

कि यो मेरो अस्तित्वको खोज थियो?

राजनीतिक दबाबको पिंजडाभित्र

देशले मलाई नागरिक भनेको छ।

तर के नागरिक हुनुको अर्थ गुलाम हुनु हो?

मैले मताधिकार पाएँ,

तर मेरो भोटले बनाएका शासकले मलाई कहिल्यै जनतालाई सेवा गर्ने नागरिकको रूपमा हेरेनन्।

तिनीहरू मलाई कर तिर्ने यन्त्रजस्तै देख्छन्।

मेरो पसिनालाई उनीहरूले आफ्नो विलासिताको इँटा बनाए।

जब म संघर्षमा हराउँछु,

मलाई राष्ट्रसेवकको नाममा बलिदान गर्न भनिन्छ।

तर, यदि म बलिदान गर्न तयार छु भने,

किन मेरो आत्महत्या राष्ट्रविरोधी ठहरिन्छ?

यो त मेरो स्वतन्त्रताको अन्तिम घोषणा हो।

आर्थिक असमानताको चपेटामा

अर्थव्यवस्थाले मलाई जीवनको एउटा मूल्य तोकिदियो।

मेरो काम, मेरो समय, मेरो श्रम—यी सबैको हिसाब किताब गरियो।

यदि म पर्याप्त पैसा कमाउन सक्दिनँ भने,

म असफल घोषित हुन्छु।

तर के पैसाको अभावले म असफल हुन्छु?

कि यो प्रणाली नै असफल हो जसले मलाई मानवभन्दा वस्तु बनायो?

जब म यस आर्थिक पिंजडाबाट मुक्त हुन चाहन्छु,

मैले मृत्यु रोज्दा,

किन यो समाज मलाई आत्महत्या भनेर अपराधी ठहराउँछ?

यो त मेरो अन्तिम स्वतन्त्रता हो।

समाजको चतुर चाल

समाजले मलाई आदर्श नागरिक बन्न सिकायो।

तर त्यो आदर्श केवल उसको स्वार्थको लागि थियो।

मैले सोच्न थाले कि जित्नैपर्ने यो संसारमा,

म जिते भने कसैको हार हुनेछ।

म कसैलाई हराउनु चाहन्न।

त्यसैले मैले हार स्वीकार गरेँ।

तर के म हार्न पनि स्वतन्त्र छैन?

मेरो मृत्यु मेरो निर्णय हो।

तर यो समाजले मेरो मृत शरीरमाथि पनि न्यायाधीश बनेर उभिन्छ।

मलाई दोषी ठहराउँदै भन्छ, “ऊ कमजोर थियो।”

के कमजोर हुनु अपराध हो?

मनोविज्ञानले भन्छ,

“आत्महत्या मानसिक अस्वस्थताको परिणाम हो।”

तर के यो सधैं सत्य हो?

कहिलेकाहीँ मृत्यु त केवल स्वीकृति हो।

मृत्यु भनेको हार होइन,

यो केवल एउटा यात्रा हो,

जहाँ म आफूलाई पुनः खोज्न चाहन्छु।

तर समाजले मेरो यो चेतनालाई कहिल्यै बुझ्दैन।

उसले केवल आफ्नो हित हेर्छ।

मेरो निर्णयलाई मानसिक रोगको नाम दिएर अन्त्य गर्छ।

म प्रश्न गर्छु

यदि म बाँच्न चाहन्न भने,

किन मलाई जबर्जस्ती बाँध्न खोजिन्छ?

के म स्वतन्त्र छैन?

यदि म जित्न चाहन्न,

किन मलाई पराजित भनिन्छ?

के हार्न पनि स्वतन्त्रता छैन?

मेरो शरीर मेरो हो।

मेरो जीवन मेरो हो।

यदि यो सबै मेरो हो भने,

मेरो मृत्युको निर्णय पनि मेरो हुनुपर्छ।

तर यो समाज, यो देश,

मेरो निर्णयलाई किन स्वीकार गर्दैन?

मेरो स्वतन्त्रता केवल किताबका पानामा सीमित छ।

यसलाई व्यवहारमा लागू गर्न खोज्दा,

म अपराधी बन्नुपर्छ।

मेरो मृत्यु, मेरो अस्तित्वको अन्त्य होइन।

यो मेरो अस्तित्वको पुनः परिभाषा हो।

तर यो समाज, यो देश,

र यो अर्थतन्त्रले

मलाई यो अधिकार कहिल्यै दिन चाहँदैन।

किनभने मेरो मृत्युले उनीहरूको स्वार्थमा चोट पुर्याउँछ।

तर एक दिन,

जब चेतनाको उज्यालो फैलिन्छ,

मृत्यु पनि स्वतन्त्रताको अभिव्यक्ति मानिनेछ।

त्यो दिन शायद म अपराधी होइन,

एक स्वतन्त्र आत्मा घोषित हुनेछु।


You may also like

Leave a Comment