नेपाल मा आज सम्मको खोजमा १४२ स्वतन्त्रता अभ्यासमा रहेको समुदाय , समुह (झुन्ड ) हरु छन यो अझै बढ्दै जानेछ अझै पुर्ण खोज भैसकेको छैन , खोजको गर्भमा पनि केही समुदाय अझैसम्म बाँकी नै छन। ती सम्पुर्ण समुदायको निति निर्माणका क्रममा भौतिक , अर्थिक , प्रकृतिक, सामाजिक , सबै तौरतरिका हरु लाई भबिस्यबाणी लाई सटिक तरिकाले ध्यानमा राखी हजारौं साल हेरफेर गर्न नपार्ने गरि निर्माण गरिएको देखिन्छ । यी समुदाय ले प्रथा जनित अभ्यासमा प्रकृति पनि नबिग्रिने र जना सन्तान पनि भोको नरहने र समाज लाई पनि शरिरिक अर्थिक र मनसिक बिकास गर्दै लाने भनी स्पष्ट निति बनाएको देखिन्छ ।
तर आज आएर साधारण खोजको भरमा ती बिधि शासन थिचोमिचो मा परेका छन । विभिन्न भाष्कर हरुको भाष्यको बलमा केही हदसम्म दबाउन पनि सक्षम भएको छन तर पुर्ण रुपमा मेटाउन भने सकिएको छैन । एक युगमा एक चिजको हवि पक्कै हुन्छ तर केही समय सुर्यको प्रकाश हत्केला ले छेके सरि मात्र भएको छ। विश्वाको मन मस्तिष्क कार्य दिशा go back to nature (प्रकृति तर्फ फर्क) तिर मियो घुमिसकेको छ। अबको केही सतप्वदि भित्र भौतिक सुखद को खोज लगभग सुन्यमा पुग्ने छ सम्पन्नता को खोज लगभग यही पाँच को दशक सम्म जस्तै मात्र हुन जानेछ त्यसपछिको यात्र सुखी र आनन्द को खोजमा लोकको गति पुग्नेछ यसरी घडीको सुई AM र PM मा चलेझै लोक कहिले भौतिक सुख त कहिले मनसिक सुख त अत्मिक सुख को एक मियोमा सधैं घुमिरहान्छ । त्यसैले हरेक जन्ममा मानिसले फरकफरक अनुभुती संग्रह गर्छन् । यसैगरी सबै युग सबै भोग पुरा गरिसकेपछि उसले कुनै पनि समुह मा भाग लिदैनन ।
पानीको जीवन चक्र १२ महिनामा बाफ कहिले बरफ कहिले छहारा कहिले तलैया त कहिले सागर भए सरि बार बार बाटो बदलिँदो यात्रा चलिरहन्छ।
यही नै सृष्टिको अनुपम सुन्दर कला हो ।
